Logo

शुक्रबारदेखि रसुवा पानी बजारमा, विदेश निर्यात गर्ने उद्देष्य

शुक्रबारदेखि रसुवा पानी बजारमा, विदेश निर्यात गर्ने उद्देष्य



काठमाडौं । शुक्रबार देखि रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त पानी सार्वजनिक गरेको हो ।
कम्पनीले हाल ३ सय ३० मिलिलिटर, ५ सय मिलि, १ लिटर र १८ लिटरको बोतलमा पानी सार्वजनिक गरेको छ । कम्पनीले उक्त पानी विदेशमा पनि निर्यात गर्ने उद्देष्यले बोतलको गुणस्तर र लेबल त्यही अनुसार निर्माण गरेको कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीले जानकारी दिए ।

laxmi

उनका अनुसार उद्योगबाट उत्पादित पानी राष्ट्रिय बजारमा मात्र नभइ अन्तर्रा्ष्ट्रिय बजारमा समेत बिक्री गर्ने योजना रहेको छ । कम्पनीले आफ्ना बोतमा रेडपाण्डा, ताल तथा पानीको चित्रअंकित लोगो राखेको छ । कम्पनीले साउनको अन्त्यदेखी आफ्नो पानी बजारमा ल्याउने भएको छ ।

२ वर्ष अघिदेखि निर्माण शुरु भएको रसुवा पानी उद्योग २०७६ बैशाखमा निर्माण सम्पन्न भएको हो । उद्योग स्थापना गर्ने क्रममा १० करोड रूपैयाँ लगानी भएको र बजारीकरणको क्रममा थप ५ करोड रूपैयाँ लगानी गर्न लागिएको थियो ।

कम्पनीले काठमाडौँबाट १ सय ७० किलोमिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्नेछ । उद्योगमा प्रत्यक्षरअप्रत्यक्ष रुपमा करिब ७० जनाले रोजगार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL