Logo

लगानीकर्ताको माग सम्बोधन भएसँगै नेप्सेमा सामान्य सुधार, कारोबार रकमले दिएन साथ

लगानीकर्ताको माग सम्बोधन भएसँगै नेप्सेमा सामान्य सुधार, कारोबार रकमले दिएन साथ



काठमाडौं । बुधबार अर्थमन्त्रालय र लगानीकर्ताबीच भएको वार्ताबाट सेयर कारोबारको पूँजीगत लाभकर सम्बन्धी विवादको टुङ्गो लगाएसँगै नेप्से परिसुचकमा सुधार देखिएको छ । कारोबार खुलेसँगै केही समय घटेको बजार अर्थमन्त्रालयमा लगानीकर्तासँग भएको बहुपक्षिय छलफलले पूँजीगत लाभकरको विवाद टुङ्गो लागेसँगै परिसुचक बढ्न सुरु गरेको थियो ।

laxmi

बुधबार बजारमा बीमा र माईक्रोफाईनान्स समुहको परिसुचक उच्च रुपमा बढेसँगै बजारमा सकारात्मक सुधार आएको हो । बजारमा निर्जिवन बीमा समुहको परिसुचक ५३ दशमलव ९६ अंकले बढ्दा जिबन बीमा समुहको परिसुचकमा भने ४६ दशमलव ५ अंकको सुधार आएको छ । यस्तै बुधबार माईक्रोफाईनान्स समुहको परिसुचक पनि ५२ दशमलव ४५ अंक अर्थात ३ दशमलव ४९ प्रतिशतले उकालो लागेको हो ।

बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुह भने २ अंकले उकालो लागेको छ भने उत्पादनमुलक समुहको परिसुचक पनि १३ अंकले बढेको छ । तर बढ्दो बजारमा विकास बैंकको परिसुचकमा भने सामान्य गिरावट आएको छ ।

बुधबार बजारमा कुल १ सय ६९ कम्पनीको १३ लाख ६ हजार ७ सय ५६ कित्ता सेयर किनबेच हुँदा परिसुचक उकालो लागेपनि कारोबार रकम भने ३७ करोडमा सिमित भएको छ । बजारमा परिसुचक बढेपनि कारोबार रकम भने बढ्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL