Logo

मौद्रिक नीति सार्वजनिक भएसँगै नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, दुई दिनमा ३१ अंकले खस्कियो

मौद्रिक नीति सार्वजनिक भएसँगै नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, दुई दिनमा ३१ अंकले खस्कियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै दोहोरो अंकको गिरावट समातेको नेप्सेले साताको पहिलो दिन पनि सोही बाटो पच्छ्याएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई फोर्सफुल्ली मर्जरमा जान मौखिक रुपमा निर्देशन दिएसँगै केही हदसम्म बजार बढ्न थालेको थियो । साथै लगानीकर्ताहरुले बाणिज्य बैंकको सेयर मूल्य बढाएर खरिदबिक्री गर्न थालेका थिए । तर, मौद्रिक नीतिमा उक्त विषयलाई सोचेअनुरुप सम्बोधन नभएपछि लगानीकर्ताहरु जिल्लिन पुगेका छन् ।

यसैगरी पछिल्लो सयम देखिएको सेयर कारोबारको कर विवाद तथा मौद्रिक नीतिमार्फत गरिएको बाणिज्य बैंकहरुले जारी गर्नुपर्ने ऋणपत्रका कारण पनि बजारमा नकारात्मक प्रभाव परेको छ । पछिल्लो समय आन्तरिक राजस्व विभागले सेयर कारोबारमा लाग्ने करको विषयमा प्रश्न उठाएसँगै त्यसले लगानीकर्तामाझ अझ बढि दबाब सिर्जना भएको एक लगानीकर्ताले जानकारी दिए ।

सरकारले सेयर कारोबार ५ प्रतिशत पूँजीगत कर लगाएपनि त्यसलाई अन्तिम कर भनेर टुङ्गो नलगाउँदा त्यसले लगानीकर्तामा थप अन्योलता सिर्जन गरेको हो । बाणिज्य बैंकहरुले अनिवार्य ऋणपत्र जारी गर्दा बजारबाट ४५ देखि ५० अर्ब रुपैयाँ बजारबाट तानिने भएकाले पनि बजार दबाबमा परेको हो ।

मौद्रिक नीति आएकै भोलिपल्ट १४ दशलमव १५ अंकले घटेको नेप्से परिसुचक आईतबार १७ दशमलव ११ अंकले ओरालो लागेको छ । आईतबार बजार खुलेदेखि नै घट्न सुरु गरेको बजारमा १ हजार २ सय ५२ अंकमा झरेर अडिएको छ ।

बजारमा नेप्से परिसुचकका साथै कारोबार रकमले पनि गति लिन सकेको छैन । आईतबार कुल ४९ करोड २६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा कृषि विकास बैंक र नेपाल बैंकको ४/४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL