Logo

सबैको लघुवित्तको सेयर बाँडफाँड, ४९५२५ जनाले पाए १० कित्ता

सबैको लघुवित्तको सेयर बाँडफाँड, ४९५२५ जनाले पाए १० कित्ता



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले साउन १ गतदेखि ५ गतेसम्म निष्काशन गरेको उक्त आईपीओ आज बाँडफाड भएको हो ।

उक्त सेयरको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले शुक्रबार उक्त सेयर बाँडफाँड गरेको हो । लघुवित्तले कुल ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

उक्त सेयरमध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो भने बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

सर्वसाधारणतर्फको कुल ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि ३ लाख २ हजार १ सय ९२ जनाले आवेदन दिएको थिए । जसमध्ये गोलाप्रथाबाट ४९ हजार ५ सय २५ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL