Logo

मौद्रिक नीति आउने दिन ७ अंकले बढ्यो नेप्से, कारोबार रकममा देखिएन सुधार

मौद्रिक नीति आउने दिन ७ अंकले बढ्यो नेप्से, कारोबार रकममा देखिएन सुधार



काठमाडौं । बुधबार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । मौद्रिक नीति सार्वजनिक हुने अन्तिम दिन अन्तिम समयमा नेप्से परिसुचक ६ दशमलव ९ अंकले उकालो लागेको हो ।

बजार खुलेदेखि २ बजेसम्म सामान्य उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा उकालो लाग्न पुगेको हो । बढ्दो बजारमा प्रायःजसो समुहको परिसुचक उकालो लागेका छन । जसमा सबैभन्दा बढि निर्जीवन बीमा समुहको परिसुचक ६८ अंकले बढ्दा होटल समुहको परिसुचक ४० अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ६ दशमलव २३ अंकले बढ्दा माइक्रोफाइनान्स १५ अंकले उकालो लागेको छ । तर, बढ्दो बजारमा फाइनान्स र उत्पादनमुलक समुहको परिसुचक भने घटेका छन् ।

अन्तिम समयमा नेप्से परिसुचक केही उकालो लागेपनि कारोबार रकमले भने गति लिन सकेन । दिनभर कुल ४४ करोड ३४ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७० कम्पनीको १३ लाख ४६ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL