Logo

हकभन्दा बढी हकप्रद सेयरमा पनि आवेदन दिन पाईने, हट्ला त लिलामीको बाध्यता ?

हकभन्दा बढी हकप्रद सेयरमा पनि आवेदन दिन पाईने, हट्ला त लिलामीको बाध्यता ?



काठमाडौं । अब कुनै कम्पनीका सेयरधनीले हकप्रदमा आवेदन दिँदा आफ्नो हकभन्दा धेरै सेयरका लागि पनि आवेदन दिन पाउने भएका छन ।

नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त सुविधा दिने जानकारी दिएको हो । हालसम्म कुनै संस्थाको हकप्रद सेयर निश्काशनमा लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्रै आवेदन दिन पाउने व्यवस्था रहेको थियो । जसले गर्दा कम्पनीले सार्वजनिक गरेको हकप्रद सेयर बिक्री कमै मात्रामा हुने र पछि त्यसको लिलामी गर्नुपर्ने बाध्यता रहन्थ्यो ।

तर बोर्डले आफ्नो नीति तथा कार्यक्रममा उक्त नयाँ व्यबस्था गरेसँगै कम्पनीले सार्वजनिक गर्ने हकप्रद सकेसम्म बढी बिक्री हुने सम्भावना बढेको छ । सेयरधनीले आफ्नो हकको हकप्रदमा मात्रै आवेदन दिँदा हकप्रद कमै मात्रामा विक्री हुने गरेको थियो । यस्तै हकप्रदमा आवेदन दिँदा कतिपय सेयरधनीले विर्सेर या जानीजानी पनि आवेदन नदिने गरेका थिए ।

तर, बोर्डको उक्त व्यवस्था अनुसार हकप्रदमा खुलाईएको भन्दा बढि आवेदन पर्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL