Logo

सेयर करोबारमा अनलाईन सेवा लिनेको संख्या साढे ११ हजार पुग्यो, पहिलोमा आर्यतारा दोस्रोमा भिजन सेक्युरिटिज

सेयर करोबारमा अनलाईन सेवा लिनेको संख्या साढे ११ हजार पुग्यो, पहिलोमा आर्यतारा दोस्रोमा भिजन सेक्युरिटिज



काठमाडौं । सेयर कारोबारका लागि अनलाईन सेवा लिने लगानीकर्ताहरुको संख्या १२ हजार नजिक पुगेको छ । हालसम्म ब्रोकरमार्फत ११ हजार ५ सय ८४ जना लगानीकर्ताले सेयर कारोबारका लागि अनलाईन सेवा लिएको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जानकारी दिएको छ ।

laxmi

लगानीकर्ताले अनलाईनमार्फत सेयर खरिदबिक्री गर्न ब्रोकर कहाँ दर्ता भएर युजर नेम र पासवर्ड लिनुपर्छ । त्यसरी युजर नेम र पासवर्ड लिएपछि सम्बन्धित लगानीकर्ताले ब्रोकर कहाँ नपुगिकनै नअलाईनमार्फत सेयर खरिदबिक्री गर्न सक्छन् ।

नेप्सेले दिएको जानकारी अनुसार बिहीबारसम्म आर्यतारा इन्भेष्टमेन्टबाट सबैभन्दा बढी लगानीकर्ताले अनलाईन कारोबारका लागि युजर नेम र पासवर्ड लिएका छन् । सो ब्रोकरमार्फत १ हजार २ सय १३ लगानीकर्ताले अनलाईन कारोबारका लागि स्वीकृति लिएका छन् ।

यसैगरी दोस्रोमा भिजन सेक्युरिटिज रहेको छ । ३४ नम्बर ब्रोकर भिजनमार्फत बिहीबार सम्ममा १ हजार १ सय ९७ जना जना लगानीकर्ता दर्ता भएर अनलाईन कारोबारका लागि स्वीकृति लिएका छन् । सो अबधिमा अरुण सेक्युरिटिजबाट सबैभन्दा कम २० जना लगानीकर्ताले अनलाईन कारोबारका लागि स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL