Logo

६० करोडको सेयर सार्वजनिक गर्दै सानिमा लाईफ, विक्री प्रवन्धकमा प्रभु क्यापीटल

६० करोडको सेयर सार्वजनिक गर्दै सानिमा लाईफ, विक्री प्रवन्धकमा प्रभु क्यापीटल



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि भन्दै उक्त रकम बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ उक्त सेयर निश्काषन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्ने भएको छ ।

कम्पनीले आफ्नो आईपीओ निश्कासनका लागि प्रभु क्यापीटललाई विक्री प्रवन्धक बनाएको छ । बुधबार एक कार्यक्रमका बीच कम्पनीले प्रभु क्यापीटलसँग सर्वशाधारणको लागी छुट्याइएको सेयर सार्वजनिक निश्काशन गर्ने सम्वन्धि संझौता गरेको हो ।

सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा क्यापीटलका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL