Logo

मर्जर प्रभाव : ३ बाणिज्य बैंक सहित २५ कम्पनीको सेयर कारोबार रोक्का

मर्जर प्रभाव : ३ बाणिज्य बैंक सहित २५ कम्पनीको सेयर कारोबार रोक्का



काठमाडौं । बैंक तथा वित्तीय कम्पनीहरु मर्जरमा जाने थालेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । मर्जरमा गएका बैंक वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का भएसँगै त्यसले बजारमा प्रभाव पार्न थालेको सम्मद्ध लगानीकर्ताहरु बताउँछन् ।

पछिल्लो समय राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको मर्जरलाई मौखिक रुपमा दबाब दिन थालेसँगै हालसम्म २५ वटा संस्थाको सेयर कारोबार रोक्का भएको नेप्सेले जानकारी दिएको छ । जसमा ३ वटा बाणिज्य बैंक सहित विकास बैंक, फाइनान्स र लघुवित्त कम्पनीहरु रहेका छन् । जसमा सबैभन्दा बढि विकास बैंकको संख्या रहेको छ ।

बैंक वित्त कम्पनीको बाहूल्यता रहेको सेयर बजारमा कर्जरका कारण कारोबार रोक्का हुँदा त्यसले ठूलो प्रभाव पार्ने नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाट बताउँछन् । हाल मर्जर तथा एक्विजिशनमा जाँदा सेयर स्वाप अनुपात नै तोकेर गर्ने भएकाले त्यस्ता कम्पनीको सेयर कारोबार रोक्का गर्न नपर्ने उनको तर्क छ ।

यसैगरी मर्जर तथा एक्विजिशनको सम्मmतौ हुनेवित्तिकै सेयर कारोबार रोक्दा समस्या आउने नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । सम्झौता हुनेवित्तिकै सेयर कारोबार रोक्नुभन्दा पनि मर्जर तथा एक्विजिशनको अन्तिम तयारीमा पुगेपछि मात्र रोक्नपर्ने उनको तर्क थियो ।

मर्जर तथा एक्विजिशनका कारण अहिले बजारमा २५ वटा बैंक वित्तीय संस्थाको ३९ करोड ४६ लाख कित्ता सेयरको कारोबार रोक्क रहेको छ । जसको बजार पूँजीकरण १ खर्ब ११ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

मर्जर प्रक्रिया सुरु हुँदा मात्र बजारमा सवाँ खर्ब रुपैयाँको सेयर कारोबार रोक्का हुँदा त्यसले दिर्घकालिन रुपमा ठूलो असर गर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । आगामी दिनमा प्रायःजसो बाणिज्य बैंक तथा वित्त कम्पनी मर्जरमा जाने हुँदा त्यसले सेयर बजारलाई नकारात्मक प्रभाव पार्ने उनीहरुको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL