Logo

सबैको लघुवित्तको साधारण सेयर बिक्री हुँदै, १० देखी २ हजार कित्तासम्म आवेदन दिन पाईने

सबैको लघुवित्तको साधारण सेयर बिक्री हुँदै, १० देखी २ हजार कित्तासम्म आवेदन दिन पाईने



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १ गतेदेखि साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

संस्थाले सोमबार आह्वानपत्र प्रकाशित गरी आगामी साउन १ गतेदेखि ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागिएको उल्लेख गरेको छ ।

आह्वानपत्र अनुसार सेयर बिक्री बन्द छिटोमा आगामी साउन ५ गतेसम्म तोकिएको छ । संस्थाका कर्मचारीलाई ८ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षित गरिएको छ । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सो संस्थाको साधारण सेयरमा न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

यसैबीच सहयोगी विकास बैंकको सेयर कारोवार रोक्का भएको छ । सिटिजन बैंक इन्टरनेशनलले उक्त विकास बैंकलाई प्राप्ति गर्नेभएपछि कारोवार रोक्का गर्ने निर्णय गरेको हो । आइतबार सिटिजनले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेको छ । दुई संस्था गाभिएर एकीकृत कारोवार नहुँदासम्म सेयर कारोवार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिएका छन ।

यस्तै स्टकमा आज सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर लाभांश सूचीकृत भएको छ । कूल ३ लाख २३ हजार १९० कित्ता सेयर लाभांश सूचीकृत भएको हो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL