Logo

साताको पहिलो दिन साढे ४ अंकले घट्यो नेप्से, ५६ कम्पनीले कमाउँदा ८७ कम्पनीले गुमाए

साताको पहिलो दिन साढे ४ अंकले घट्यो नेप्से, ५६ कम्पनीले कमाउँदा ८७ कम्पनीले गुमाए



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ४ दशमलव ४५ अंकले घट्न पुगेको हो ।

आईतबार बजारमा जीवन बीमा समुहको परिसुचक सबैभन्दा बढी ५० अंकले घट्न पुगेको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ६ दशमलव ७ अंकले गिरावट आएको छ । बजारमा व्यापार, अतिरिक्त र माइक्रोफाइनान्स समुहको परिसुचकमा भने सामान्य गिरावट आएको छ ।

घट्दो बजारमा निर्जीवन बीमा, उत्पादनमुल, विकास बैंक, फाइनान्स र होटल समुहका परिसुचक भने बढ्न पुगेका छन् ।

दिनभर कुल १ सय ७१ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ८७ कम्पनीका लगानीकर्ताले गुमाउँदा ५६ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । दिनभर कुल ५४ करोड रुपैयाँ बराबरको २२ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आईतबार सबैभन्दा बढी सिभिल बैंकको ५ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL