Logo

फागुनमा पाँचौं चेम्बर एक्स्पो २०२० आयोजना हुँदै, व्यापारघाटा कम गर्ने उद्देश्य

फागुनमा पाँचौं चेम्बर एक्स्पो २०२० आयोजना हुँदै, व्यापारघाटा कम गर्ने उद्देश्य



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी फागुनमा पाँचौपटक चेम्बर एक्स्पोको आयोजना गर्ने भएको छ । चेम्बरले विगतका बर्षझैँ यसपटक पनि आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी मार्ग काठमाण्डौंमा उक्त एक्स्पोको आयोजना गर्ने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने उक्त मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने नेपाल चेम्बर अफ कमर्शले जानकारी दिएको छ ।

नेपालको व्यापारघाटा चुँलिदै गएको अवस्थामा देशको समग्र विकास निजी क्षेत्रको शक्तिकरणबाट मात्र सम्भव हुने मुलमन्त्र सहित पाँचौ संस्करणको मेला आयोजना गर्न लागिएको चेम्बरले जानकारी दिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । ‘झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ,’ उनले भने, ‘यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं ।’

पछिल्ला चार पटकसम्मको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले उक्त प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत लिने उदेश्य चेम्बरले राखेको छ ।

मेलामा यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीसँगै अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणका रुपमा रहने छन्

मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् जस्मा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, चिन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार,कोरिया, जापान, फ्रान्स लगायत युरोपका मुलुकहरु तथा अन्य राष्ट्रहरु मा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL