Logo

साताको अन्तिम दिन सबै समुहका परिसुचकमा गिरावट, नेप्से ८ अंकले घट्दा ६७ करोडको कारोबार

साताको अन्तिम दिन सबै समुहका परिसुचकमा गिरावट, नेप्से ८ अंकले घट्दा ६७ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । बजार खुलेदेखि ओरालो लागेको बजारमा सबै समुहका परिसुचक घट्न पुगेका हुन् ।

विहीबार नेप्से परिसुचक ८ दशमलव २७ अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । जसमा निर्जीवन बीमा समुहको परिसुचक ६२ दशमलव ४५ अंकले ओरालो लाग्दा जीवन बीमा समुहको परिसुचक ५३ दशमलव ९७ अंकले घट्न पुगेको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ६ दशमलव ५९ अंकले घट्न पुगेको छ । बजारमा फाइनान्स, विकास बैंक, उत्पादनमुलक लगायतका समुहका परिसुचकमा भने सामान्य गिरावट आएको छ ।

साताको अन्तिम दिनमा परिसुचक घटेपनि कारोबार रकममा भने केही सुधार आएको छ । दिनभर कुल ६७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७७ कम्पनीको ८९ लाख ८५ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी सिद्धार्थ इक्विटी र प्रभु बैंकको साढे ५ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL