Logo

३ महिनाभित्र सबैलाई स्मार्ट लाईसेन्स वितरण, १५ दिनमा मास प्रिन्टर आईपुग्ने

३ महिनाभित्र सबैलाई स्मार्ट लाईसेन्स वितरण, १५ दिनमा मास प्रिन्टर आईपुग्ने



काठमाडौं । यातायात व्यवस्था विभागले अबको ३ महिनाभित्र सम्पूर्ण सेवाग्राहीलाई स्मार्ट लाईसेन्स (सवारीचालक अनुमतिपत्र) वितरण गर्ने भएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अबको ३ महिनाभित्र सबै सेवाग्राहीलाई लाईसेन्स वितरण गरिसक्ने बताएका हुन ।

विगत डेड बर्षदेखि कतिपय सेवाग्राहीहरु लाईसेन्स नपाएर कागजको भरमा सडकमा सवारीसाधन गुडाईरहेका छन । तर विभागले विभिन्न समस्या देखाउँदै लाइसेन्स वितरणमा ढिलाई भएको बताउँदै आएको छ । हाल विभागमा ७ लाखभन्दा बढी सेवाग्राहीको स्मार्टलाईसेन्स प्रिन्ट हुन नसक्दा सेवाग्राही मर्कामा परेका हुन ।

विभागका महानिर्देशक दाहालले अबको १५ दिनभित्र मास प्रिन्टर नेपाल आई पुग्ने र ३ महिनाभित्र बाँकी रहेका सबै सेवाग्राहीलाई स्मार्ट कार्ड लाईसेन्स दिने बताएका छन ।

विभागमा रहेका स्मार्टकार्ड लाईसेन्स प्रिन्टरले काम गर्न नसक्दा केहि महिना अघिमात्रै विभागले लाईसेन्स प्रिन्ट गर्नका लागि टेण्डर आह्वान गरेको थियो । सो टेन्डर भने भारतीय कम्पनी मद्रास प्रिन्टरले पाएको छ । सो कम्पनीले केही दिनमा मास प्रिन्टर र स्मार्ट कार्ड समेत नेपाल भित्र्याउने भएको हो ।

उक्त मास प्रिन्टर आएपछि २० देखि २५ दिनभित्र ४ लाख लाईसेन्स वितरण गर्न सकिने महानिर्देशक दाहालको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL