Logo

विदेशबाटै नेपालमा टिभी किन्न सकिने, सिटी एक्सप्रेस र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता

विदेशबाटै नेपालमा टिभी किन्न सकिने, सिटी एक्सप्रेस र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले आफ्ना ग्राहकलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न हिम ईलेक्ट्रोनिक्स सँग साझेदारी गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेपालका लागि सामसङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स साझेदारी गरेको हो । सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्सका तर्फबाट प्रभाकर शम्शेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन ।

यस्तै अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरका काउन्टरबाट पनि उक्त सेवा उपलब्ध गराउने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL