Logo

रोकियो नेप्सेको गति, हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता

रोकियो नेप्सेको गति, हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । गत हप्ताको अन्तिम दिनबाट उकालो लागेको नेप्से परिसुचकमा मंगलबार गिरावट आएको छ । मंगलबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा २ दशमलव ७८ अंकले घट्न पुगेको हो ।

ओरालो लागेको बजारमा प्रायःजसो समुहको परिसुचक घट्न पुगेका छन् । तर, जीवन बीमा बाहेक कुनै पनि समुहको परिसुचकमा दोहोरो अंकको गिरावट आएको छैन । बजारमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ११ अंकले घट्दा उत्पादनमुलक समुहको परिसुचकमा ६ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा ३ दशमलव २३ अंकको गिरावट आउँदा जलविद्युत समुह करिव ६ अंकले घट्न पुगेको छ । ओरालो लागेको बजारमा व्यापार, होटल, अतिरिक्त र म्युचुअल फाण्ड भने सामान्य बढ्न पुगेका छन् ।

मंगलबार बजारमा हिमालयन डिष्टिलरीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । सो कम्पनीको सेयर प्रतिकित्ता १७ रुपैयाँले बढ्दै १९ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो कम्पनीको सेयर बढी कारोबार हुँदा बजारमा ५७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । दिनभर कुल १ सय ६७ कम्पनीको १४ लाख १३ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL