Logo

नेप्से परिसुचक ५ अंकले उकालो लाग्यो, ४८ करोडमै खुम्चियो कारोबार

नेप्से परिसुचक ५ अंकले उकालो लाग्यो, ४८ करोडमै खुम्चियो कारोबार



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक ५ दशमलव ७५ अंकले उकालो लागेको छ । आईतबार दोहोरो अंकले घटेको नेप्से परिसुचक सोमबार भने ५ दशमलव ७५ अंकले उकालो लागेको हो । सोमबार बजारमा प्रायजसो समुहका परिसुचकहरु उकालो लाग्दा बीमा समुहको परिसुचकमा भने गिरावट आएको छ ।

सोमबार होटल समुह २६ दशमलव ५४ अंकले उकालो लाग्दा माईक्रोफाईनान्स समुह भने १७ दशमलव ३८ अंकले बढेको छ । बजारमा धेरै प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा भने ४ दशमलव ४ अंकको सुधार आएको छ । सोमबार सबै समुहका परिसुचक उकालो लाग्दा बीमा समुहको परिसुचकमा भने गिरावट आएको छ ।

सोमबार निर्जीवन बीमा समुहको परिसुचकमा २ दशमलव २२ अंकको गिरावट आउँदा जीवन बीमा समुहको परिसुचकमा भने ० दशमलव ४ अंकको गिरावट आएको छ । सोमबार दिनभर कुल ४८ करोड १४ लाख रुपैयाँको मात्र कारोबार भएको छ । जसमा १ सय ७३ कम्पनीका १५ लाख ४ हजार ६ सय ७२ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL