Logo

सुज ग्यालरीमा बिग डिस्काउन्ट बिग अफर, ५ सयमै जुत्ता

सुज ग्यालरीमा बिग डिस्काउन्ट बिग अफर, ५ सयमै जुत्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजधानीको भृकुटीमण्डप स्थीत सुज ग्यालरीको सोरुममा बीग डिस्काउन्ट बीग अफर मेला सुरु भएको छ । आईतबार देखि ग्राहकलाई कम्तिमा २ सय ५० रुपैयाँमै चप्पल तथा ५ सय रुपैयाँमै जुत्ता उपलब्ध गराउने उद्देश्यले उक्त मेला सुरु गरिएको हो । मेलामा ग्राहकले जुत्ता चप्पलको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट समेत पाउने भएका छन ।

सुज ग्यालरीले नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ नेपाली चर्चित ब्राण्डहरु बिएफ् डियरहिल, कोशेली, रोयल सुज, रन सुज, क्रसरोड, म्याजीक लगायतका ब्राण्डहरु एकै छानामुनी बिक्री गर्दै आइरहेको छ ।

‘बिग डिस्कान्ट बिग अफर’ सार्वजनिक गर्दै सुज ग्यालरीका अध्यक्ष भिमलाल पौडेलले भने, ‘हामीले नेपाली जुत्ता तथा चप्पलहरु प्रति रुचि राख्ने ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता अफरहरु ग्राहकसामु ल्याइरहेका छौं, यसै अन्र्तगत यो ‘बिग डिस्कान्ट बिग अफर’ ल्याएका छौं । यसले ग्राहकहरुमा नेपाली जुत्ता तथा चप्पलहरु खरिदमा आकर्षण बढ्छ भन्ने बिश्वास लिएका छौ र आगामी दिनमा पनि यस्ता अफरहरु ग्राहकसामु लिएर आउने छौ ।’

उक्त ‘बिग डिस्कान्ट बिग अफर’ अन्र्तगत सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडीज जेन्स, सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिएका छन । साथै मेलामा ६ महिनाको वारेण्टी पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL