Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि आएन सुधार

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि आएन सुधार



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १० अंकले गिरावट आएको छ ।

laxmi

दोहोरो अंकले घटेको बजारमा प्रायःजसो समुहको परिसुचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुह ८५ अंकले घट्दा जीवन बीमा समुहको परिसुचकमा ७४ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ६ दशमलव ९२ अंकको गिरावट आएको छ भने यस अघि उच्च रुपमा बढिरहेको उत्पादनमुलक समुहको परिसुचकमा २९ अंकको गिरावट आएको छ ।

आईतबार माईक्रोफाइनान्स समुह १५, होटल साढे १४ अंकले घट्दा अतिरिक्त समुहमा भने ८ अंकको गिरावट आएको छ ।

दोहोरो अंकले बढेको बजारमा विकास बैंक, फाइनान्स र म्युचुअल फण्डमा भने सामान्य वृद्धि भएको छ ।

घट्दो बजारमा कारोबार रकममा पनि सुधार हुन सकेको छैन । दिनभर कुल ४८ करोड १८ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा १ सय ७२ कम्पनीको १५ लाख ७५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी लक्ष्मी बैंकको ४ करोड रपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL