Logo

सुनको मूल्य हाल सम्मकै उच्च, प्रतितोला ६५ हजारमा कारोबार

सुनको मूल्य हाल सम्मकै उच्च, प्रतितोला ६५ हजारमा कारोबार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च रुपमा बढेको छ ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ । सुनको भाउ ६५ हजार रुपैयाँ पुगे पछि हालसम्मकै उच्च मूल्य भएको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार रुपैयाँले बढेर ६५ हजारमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार प्रभावित भएको हो । बिहीबार सुनको मूल्य २५ डलर बढेर प्रति औन्स १ हजार ४ सय ५ अमेरिकी डलर कायम भएको थियो ।

इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका–चीन व्यापार युद्ध, पोर्चुगलले १ हजार अमेरिकी सेना फिर्ता पठाउने निर्णय गरेका कारणले सुन मूल्य प्रभावित भएको हुन सक्ने व्यवसायीहरुको आँकलन छ ।

शुक्रबार तेजाबी सुनको मूल्य प्रति तोला ६४ हजार ७ सय र चाँदी प्रति तोला ७ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL