Logo

मोफसलमा पनि खुल्यो लगानीकर्ता संघ, प्रदेशस्तरमा तत्काल ब्रोकर लाईसेन्स दिन माग

मोफसलमा पनि खुल्यो लगानीकर्ता संघ, प्रदेशस्तरमा तत्काल ब्रोकर लाईसेन्स दिन माग



काठमाडौं । राजधानी बाहिर रहेका लगानीकर्ताहरु पनि संगठित हुन थालेका छन् । सेयर लगानीकर्ताको हितका लागि खुलेका संघसंस्था राजधानी केन्द्रित भएपछि मोफसलमा रहेका लगानीकर्ताहरुले पनि संस्था गठन गरेका हुन् ।

laxmi

मोफसलका लगानीकर्ताले प्रदेश ५ स्तरीय सेयर लगानीकर्ता फोरम गठन गरेका हुन् । फोरम गठनसँगै उनीहहरुले प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्ने बताएको छ । राजधानी बाहिर पनि आर्थिक क्रियाकलाप बढेकाले हाल केन्द्रिकृत रुपमा मात्र ब्रोकर कम्पनी रहेकाले प्रदेश स्तरमा पनि लाईसेन्स माग गरेको हो ।

प्रदेश स्तरमा ब्रोकर लाईसेन्स दिँदा सेयर बजारको दायरा विस्तार गर्न सहज हुने समेत संस्थाको दावी छ । प्रदेश ५ मा कमल तिवारीको अध्यक्षतामा फोरम गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL