Logo

ह्यात होटल बन्दको असर, कारोबार खुलेको ७ मिनेटमै ८ प्रतिशतले घट्यो तारागाउँको सेयर

ह्यात होटल बन्दको असर, कारोबार खुलेको ७ मिनेटमै ८ प्रतिशतले घट्यो तारागाउँको सेयर



काठमाडौं । मजदूर हड्तालका कारण ह्यात होटल बन्द भएपछि सो कम्पनीको सेयरमा उच्च गिरावट आएको छ । मंगलबार बजार खुलेको ७ मिनेटमै तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा ८ प्रतिशतले गिरावट आएको छ ।

सोमबार प्रतिकित्ता २ रुपैयाँले बढेर ३ सय २१ रुपैयाँमा कारोबार बन्द भएको सो कम्पनीको सेयर मंगलबार कारोबार खुलेको ७ मिनेटमै २ सय ९५ रुपैयाँमा झरेको थियो । मजदूर हड्तालका कारण व्यवस्थापनले होटल बन्द गर्ने निर्णयसँगै अन्यौलमा परेका लगानीकर्ताले मंगलबार घाटा खाएरै भएपनि सेयर बिक्री गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL