Logo

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो, हवाई इन्धन र एलपि ग्याँसको यथावत

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो, हवाई इन्धन र एलपि ग्याँसको यथावत



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले आईतबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्य समायोजनसँगै पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँमा पाईने छ । यसैगरी डिजेल र मट्टितेलको प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा पर्नेछ ।

हवाई ईन्धन र एलपि.ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL