Logo

साताको पहिलो दिन बजारमा दोहोरो अंकको गिरावट, ४७ करोडमा खुम्चियो कारोबार रकम

साताको पहिलो दिन बजारमा दोहोरो अंकको गिरावट, ४७ करोडमा खुम्चियो कारोबार रकम



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ११ दशमलव ३६ अंकले घट्न पुगेको हो ।

laxmi

दोहोरो अंकले ओरालो लागेको बजारमा सबै समुहका परिसुचक घट्न पुगेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १ सय ११ अंकले ओरालो लागेको छ ।

बजारमा अघिल्लो हप्तासम्म उकालो लागेको उत्पादनमुलक समुहको परिसुचकमा पनि उच्च गिरावट आएको छ । सो समुहको परिसुचक ३५ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक पनि सोही अनुपातमा घट्न पुगेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा ७ दशमलव १३ अंकले गिरावट आउँदा विकास बैंक समुह १२ अंकले घट्न पुगेको छ । आईतबार माइक्रोफाइनान्स समुहको परिसुचक ३० अंकले घट्दा होटल समुहमा २७ अंकको गिरावट आएको छ ।

घट्दो बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर कुल ४७ करोड २५ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७४ कम्पनीको १४ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL