Logo

साताको अन्तिम दिनपनि घटेर बन्द भयो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम दिनपनि घटेर बन्द भयो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम दिन पनि घटेर बन्द भएको छ ।सरकारले आर्थिक बर्ष २०७६÷७७ को बजेट ल्याएसँगै ओरालो लागेको नेप्से परिसुचक बिहीबार पनि करिब ३ अंकले घटेर बन्द भएको छ । घट्दो बजारमा होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

laxmi

बिहीबार सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक २३ अंकले ओरालो लाग्दा उत्पादनमुलक समुहको परिसुचक १८ अंकले घट्न पुगेको छ । बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २ अंकले घटेको छ भने जीवन बीमा समुहको परिसुचकमा १४ दशमलव १२ अंकले गिरावट आएको छ ।

बजारमा नेप्से परिसुकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । केही समय अघिसम्म दैनिक पौने २ अर्बसम्मको कारोबार भएको बजारमा बिहीबार जम्मा ४५ करोड रुपैयाँ मात्रको सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सको ३ करोड रुपैयाँको कारोबार भएको छ । दिनभर बजारमा कुल १ सय ७० कम्पनीको १४ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL