Logo

मनसुन मोबाइल मेगा अफर सोमबार देखी सुरु, ६५० रुपैंयामै मोबाइल

मनसुन मोबाइल मेगा अफर सोमबार देखी सुरु, ६५० रुपैंयामै मोबाइल



काठमाडौं । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबमा सोमबार देखी मनसुन मोबाइल मेगा अफर सुरु हुने भएको छ ।

laxmi

मोबाईल मेला २ हप्ता सम्म चल्ने र सो अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाउने भएको छ ।

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मोबाइल हबले मिलाएको छ ।

मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिनेछ । मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युब सिनेमाको टिकट निशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको मोबाईल हबले जानकारी दिएको छ ।

मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइल हबले जनाएको छ ।

केएल मोबाइल हब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वल्र्ड मोबाइल, सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा समेत अफर सहित मेला सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL