Logo

यातायात क्षेत्रमा ५३ करोड बजेट विनियोजन, विद्युतिय सवारीलाई प्रोत्साहन

यातायात क्षेत्रमा ५३ करोड बजेट विनियोजन, विद्युतिय सवारीलाई प्रोत्साहन



काठमाडौं । सरकारले देशभरको सार्वजनिक सवारीसाधनलाई व्यबस्थित गर्न ५३ करोड बजेट विनियोजन गरेको छ । नयाँ आर्थिक बर्षको बजेट सुनाउँदै अर्थमन्त्री डा. युवराज खतीवडाले सार्वजनिक यातायातलाई व्यबस्थित गर्न उक्त बजेट विनियोजन गरिएको बताएका हुन ।
सरकारले यातायात सिन्डिकेटको अन्त्यपछि लागु गरिने अन्य विभिन्न सेवा तथा सुविधा सेवाग्राहीलाई प्रदान गर्ने लगायतका कार्यक्रम रहेको जानकारी दिएको छ ।

सरकारले ठुला यात्रु क्षमताका सवारीसाधनलाई प्रोत्साहन गर्नेगरी विभिन्न ठुला सार्वजनिक सवारीसाधनलाई प्रोत्साहन गर्ने भएको छ । विद्युतिय सवारीसाधनलाई प्रोत्साहन गर्न नेपाल विद्युत प्राधिकरणले धेरैभन्दा धेरै स्थानमा चार्जिङ स्टेशन बनाईदिने जानकारी दिएको छ । यस्तै सार्वजनिक सवारीसाधन क्षेत्रलाई सहज बनाउन बहुतले बसलाई प्रोत्साहन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL