Logo

अन्तिम समयमा सामान्य उकालो लाग्यो नेप्से, कारोबारको ४२ प्रतिशत हिस्सा शिवम र प्रभुले ओगटे

अन्तिम समयमा सामान्य उकालो लाग्यो नेप्से, कारोबारको ४२ प्रतिशत हिस्सा शिवम र प्रभुले ओगटे



काठमाडौं । बजार बन्द हुने अन्तिम समयमा शिवम् सिमेन्टको मूल्य बढ्दा समग्र नेप्से परिसुचक उचालिन पुगेको छ । सामान्य उतारचढाव भइहेको बजारमा अन्तिम समयमा शिवमको मूल्य १० प्रतिशतले बढ्दा नेप्से परिसुचक २ दशमलव ५३ अंकले बढेको छ ।

शिवमको प्रतिकित्ता मूल्य प्रतिकित्ता ५८ रुपैयाँले बढ्दा उत्पादनमुलक समुहको पसिुचक नै ७७ अंकले बढ्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परसुचकमा १ दशमलव ७९ अंक र विकास बैंकको समुहको परिसुचकमा १७ दशमलव ७६ अंकको वृद्धि हुँदा पनि त्यसले समग्र नेप्से परिसुचकमा प्रभाव पारेको छ ।

सामान्य उकालो लागेको बजारमा बीमा, अतिरिक्त, माइक्रोफाइनान्स तथा होटल समुहका परिसुचक भने ओरालो लागेका छन् ।

अघिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकममा सामान्य वृद्धि भएको छ । दिनभर कुल ७५ करोड ६८ लाख रुपैयाको सेयर कारोबार भएको छ । जसमा शिवम् सिमेन्ट र प्रभु बैंकको मात्र ४२ प्रतिशत हिस्सा छ । बजारमा शिवम् सिमेन्ट प्रतिकित्ता ५८ रुपैयाँले बढेर १६ करोड ४४ लाख रुपैयाँको कारोबार हुँदा प्रभु बैंकको प्रत्तिकित्ता २ रुपैयाँले बढेर १६ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

दिनभर कुल १ सय ६४ कम्पनीको २४ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL