Logo

इन्फिनिटी लघुवित्तको आइपीओ आजदेखि, न्युनतम १० कित्ता आवेदन दिन सकिने

इन्फिनिटी लघुवित्तको आइपीओ आजदेखि, न्युनतम १० कित्ता आवेदन दिन सकिने



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक सेयर ‘आइपीओ’ निष्काशन गरेको छ । संस्थाले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ६ लाख ७४ हजार कित्ता साधारण सेयर जारी गरेको हो ।

संस्थाले उक्त सेयरमध्ये ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरुको लागि छुट्ट्याएको छ ।

उक्त सेयरमा सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ३३ हजार ७० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरको निष्काशन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटल रहेको छ । सो सेयरमा छिटोमा १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL