Logo

सेलपेको ब्राण्ड एम्बेस्डरमा महजोडी नियुक्त

सेलपेको ब्राण्ड एम्बेस्डरमा महजोडी नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको ब्रान्ड एम्बेस्डरमा महजोडी नियुक्त भएका छन । कम्पनीले आईतबार एक कार्यक्रमको आयोजना गर्दै कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

कम्पनीले सन् २०१३ मा टेलिकम सेवा प्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नंबर हाल्नु पर्नेलार्ई विस्थापन गर्दै पहिलोपटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा सुरु गरेको थियो ।
सेलकम प्राईभेट लिमिटेडले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकहरुमा सेवा प्रदान गर्ने निर्णयका साथ भुक्तानी सेवा सेलपे शुरुवात गर्न लागेको हो ।

भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्यान्डर्ड सेवासहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजारमा आउन लागेको सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले जानकारी दिए ।

सामान्य भाषामा बुझ्दा सेलपे एउटा अनलाइन पेमेन्ट सेवा हो । विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरमा सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL