Logo

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदर किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदर किस्ताबन्दीमा मोबाइल



काठमाडौं । सिभिल ट्रेड सेन्टर सुन्धारामा रहेको सिटिसी मोबाइल हबमा शुक्रबारदेखी मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।

laxmi

मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल समेत खरिद गर्न सकिने हबले जानकारी दिएको छ ।

मोबाइल एक्सचेन्ज मेलामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउने भएको छ साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर समेत रहेको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताएका छन ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने प्रबन्ध निर्देशक राईले बताए ।

हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ । मोबाइल हबमा किन्न वा मर्मत गर्न आउने ग्राहकलाई निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।

मोबाइल हबमा बिश्व बजारका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइलगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा उपलब्ध रहेका छन ।

नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएकोे मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा पनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL