Logo

जेम एण्ड ज्वेलरी, रत्न आभुषणमा आत्मनिर्भर हुनु पर्छ : प्रधानमन्त्री ओली

जेम एण्ड ज्वेलरी, रत्न आभुषणमा आत्मनिर्भर हुनु पर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमूल्य रत्न, आभुषण, तथा विभिन्न पत्थरहरुको प्रवर्द्धन गर्नु पर्ने बताएका छन ।

उनले शुक्रबार देखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

प्रम ओलीले नेपाल प्राकृतिक रुपमा धनी भएको र जसको प्रशोधन, उत्खनन गरी निर्यात क्षमता बृद्धि गर्न सुझाव दिएका छन ।

उनले भने, ‘बहुमूल्य रत्न, आभुषण, तथा विभिन्न पत्थरहरुको आधुनिकिकरण गर्न जरुरी रहेको छ । प्राकृतिक रुपमा धनी रहेको हाम्रो देश नेपालले जेम एण्ड ज्वेलरी रत्न आभुषणहरुमा आत्मनिर्भर हुनु पर्छ ।’

प्रम ओलीले यस्ता बहुमूल्य बस्तुहरुको प्रवर्द्धन तथा निर्यात गर्न चालु आर्थिक बर्षको बजेटले समेत सम्बोधन गरेको जानकारी दिएका छन । खानी तथा भुगर्भ विभाग र नेपाल सुनचाँदी रत्न आभुषण महासंघको संयुक्त ब्यवस्थामा विभागकै कम्पाउन्डमा उक्त एक्स्पो शुक्रबार देखी सुरु भएको छ ।

नेपाल रत्न, आभुषण, विभिन्न बहुमूल्य पत्थरहरुको प्रवद्र्धन गर्नका लागि उक्त एक्स्पो आयोजना गरेको महासंघका अध्यक्ष रमेश महर्जनले बताए ।

उनका अनुसार नेपालमा धेरै प्रकारका बहुमूल्य रत्न तथा पत्थरहरु भएपनि सोही अनुसार बजार मूल्यमा नविकेका कारण सरकारले धेरै राजस्व गुमाउनु परेको छ । उक्त एक्स्पोले नेपालका यस्ता बहुमूल्य पत्थर तथा रत्नहरुको बारेमा विदेशमा पनि प्रवद्र्धन गर्ने र उचित मूल्यमा निर्यातको वातावरण बनाउन सहयोग पुग्ने उनको भनाई छ ।

उक्त एक्स्पोमा सुन, चाँदीका ३६, लुज जेम्सका ४, सिल्भर ज्वेलरीका २, ल्यापीडरी (जेम्स कटिङका) २, रक एण्ड मिनेरल्सका १२ तथा एजुकेसनका ४ गरी जम्मा ६० ओटा स्टल रहनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL