Logo

५ अकले बढेको बजारमा सवा अर्बको कारोबार, ओरालो लाग्न सुरु गर्यो शिवम

५ अकले बढेको बजारमा सवा अर्बको कारोबार, ओरालो लाग्न सुरु गर्यो शिवम



काठमाडौं । बुधबार दिनभरजसो दोहोरो अंकले बढेको बजारमा अन्तिम समयमा साढे ५ अंकमा खुम्चिएको छ । बजारमा अघिल्लो दिनसम्म उच्च रुपमा बढेको उत्पादनमुलक, निर्जीवन बीमा लगायतका समुहका परिसुचक आरालो लाग्दा अन्तिम समयमा आएर नेप्से परिसुचकले दोहोरो अंकको वृद्धि समाउन सकेन ।

दिनभर कुल ५ दशमलव ५५ अंकले बढेको बजारमा बैंक, विकास बैंक र व्यापार समुहका परिसुचक दोहोरो अंकले उकालो लागका छन् । बुधबार सबैभन्दा बढी विकास बैंक समुहको परिसुचक २६ अंकले बढ्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ९ दशमलव ८६ अंकले उकालो लागेको छ ।

बजारमा बीमा, उत्पादनमुलक र होटल समुहको परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबारसम्म बढेर सर्किट हानेको शिवम् सिमेन्ट आजबाट घट्न सुरु गरेको छ । सो कम्पनीको सेयर बजारमा अनावश्यक चलखेल गर्दै बढाइएको हल्ला बाहिर आएपछि बुधबारबाट घट्न सुरु गरेको छ । विशेषगरी शिवम्का संचालक र ब्रोकरकै मिलेमतोमा सो कम्पनीको सेयरमा चलखेल गरिएको सम्बद्ध लगानीकर्ताहरुको भनाई छ ।

बुधबार कारोबार रकममा भने उच्च वृद्धि भएको छ । दिनभर कुल १ अर्ब ३३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७२ कम्पनीको ४० लाख ४३ हजार कित्ता सेयर कारोबार भएको छ ।

विशेषगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल बैंक र शिवम् सिमेन्टको उच्च कारोबार हुँदा बजारमा समग्र कारोबार रकम बढ्न पुगेको हो । सो कम्पनीहरुको १३ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL