Logo

२ दिने नेपाल भारत फ्रेन्चाईज ईन्भेष्टमेन्ट एक्स्पो बुधबारबाट, भारतीय ब्राण्डलाई प्राथमिकता

२ दिने नेपाल भारत फ्रेन्चाईज ईन्भेष्टमेन्ट एक्स्पो बुधबारबाट, भारतीय ब्राण्डलाई प्राथमिकता



काठमाडौं । नेपाल भारत फ्रेन्चाईज ईन्भेष्टमेन्ट एक्स्पो भोलीदेखि सुरु हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ द्धारा हुने २ दिने उक्त एक्स्पो भारतीय राजदुतावास र फ्रेन्चाईज ईन्डियाको सहकार्यमा हुने भएको हो ।

उक्त एक्स्पोको पहिलो दिन होटल याक यन्ड यतीमा विभिन्न विषयमा कन्क्लेभ हुने कार्यक्रम रहेको छ । भारतका विभिन्न उत्पादनहरु नेपालमै उत्पादन गर्न सकिने तथा नयाँ स्टार्टअपका लागि ब्यवसायको नयाँ ज्ञान दिने उद्देष्यले उक्त एक्स्पो आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिईन ।

उनका अनुसार उक्त एक्स्पोमा नेपाली तथा भारतीय गरी ६० ओटा स्टलहरु रहने छन । जसमा नेपालीभन्दा भारतीय ब्राण्डलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिएकी छन । खासगरी भारतीय ब्राण्डका विभिन्न उत्पादनहरु नेपालमै उत्पादन गर्न सकिए विभिन्न क्षेत्रमा रोजगारीको सिर्जजना गर्दै नेपालीहरुको जिवनस्तर उकास्न सकिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL