Logo

सारा ग्रुपले भित्र्यायो १०० प्लस ईनर्जी ड्रिङ्क, बजार मूल्य १२५ रुपैयाँ

सारा ग्रुपले भित्र्यायो १०० प्लस ईनर्जी ड्रिङ्क, बजार मूल्य १२५ रुपैयाँ



काठमाडौं । सारा ग्रुपले मलेसियाको आईसोटनिक ईनर्जी ड्रिङ्क १०० प्लस नेपालमा भित्र्याएको छ । कम्पनीले सारा ग्रुप अफ कम्पनीमार्फत नेपालमा आईतबार देखी औपचारिक रुपमा बिक्री सुरु गर्न लागेको सारा ग्रुपका प्रवन्ध निर्देशक दिपक केसीले जानकारी दिएका छन ।

उक्त ईनर्जी ड्रिङ्स मलेसिया तथा सिंगापुरबाट एकै साथ सन १९९३ मा उत्पादन सुरु गरेको थियो । हाल २० ओटा मुलुकमा बिक्री वितरण भईरहेको मलेसियाका म्यानेजर च्याङ जेसीले जानकारी दिएकी छिन ।

आईतबार एक कार्यक्रमकाबीच प्रवन्ध निर्देशक दिपक केसी, च्याङ जेसी, ब्राण्ड म्यानेजर वाई यीन, राष्ट्रिय खेलाडी किरण चेम्जोङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरेका छन ।

सोही अवसरमा चेम्जोङलाई १०० प्लस नेपालको ब्राण्ड एम्बेसडरको रुपमा २ बर्षको लागि नियुक्त गरेका छन । १०० प्लस मलेसिया, सिंगापुर, थाईल्याण्ड लगायतका मुलुकमा लोक प्रिय रहेको र नेपालमा पनि चाँडै स्थापित हुने केसीले जानकारी दिएका छन ।

१०० प्लसले खेलाडीहरु वा थकानका बेला शरिरलाई स्फूर्त राख्न सहयोग पुर्याउने कम्पनीको दाबी रहेको छ । यसको विशेष फर्मुलाले गर्दा शरिरमा शक्ति संचय गर्न सहयोग पुर्याउने च्याङ जेसीले बताए ।

३ सय २५ एमएलमा उपलब्ध रहेको उक्त ईनर्जी ड्रिङ्कको नेपाली बजार भने १ सय २५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL