Logo

काठमाडौंको नयाँबानेश्वरमा ईप्लेक्स मल संचालनमा आउँदै, यस्ता छन विशेषता

काठमाडौंको नयाँबानेश्वरमा ईप्लेक्स मल संचालनमा आउँदै, यस्ता छन विशेषता



काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा एक महिना भित्रै ईप्लेक्स मल संचालनमा ल्याउने भएको छ ।

एक महिना भित्रै संचालनमा आउने उक्त मलमा ५० भन्दा बढि बिभिन्न अन्तरराष्ट्रिय ब्रान्डका पसल, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा हल, स्वच्छ खानाहरुको ‘फुडकोर्ट’ तथा कफीबार सहितको ईभेन्टजोन रहने छन ।

नेपालीहरुको रहन सहनमा आएको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता ब्यापारिक मलहरु संचालनको क्रम बढ्दै गईरहेको छ । साथै मनोरन्जन, खाना देखि दैनिक आवश्यक पर्ने सामाग्री सजिलै किनमेल गर्न सकिने छन ।

नेपालमा यस्ता मलहरुको बृद्धिले सर्वसाधारण उपभोक्ताहरु लाभान्वित हुने उक्त मलका प्रमुख कार्यकारी अधिकृत गणेश ढुंगानाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL