Logo

डिस्प्लेभित्रै फिंगरप्रिन्ट भएको भीभोको कन्सेप्ट फोन, डिजाईन यस्तो छ

डिस्प्लेभित्रै फिंगरप्रिन्ट भएको भीभोको कन्सेप्ट फोन, डिजाईन यस्तो छ



काठमाडौं । भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०१९ नेपालमा प्रदर्शन गरेको छ । कम्पनीले पहिलो पटक नेपालमा सूपर यूनिबडि डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको हो । उक्त कन्सेप्ट फोनमा भिभोले इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजी विकास गरेको गरेको छ । कम्पनीले हालसम्म १ करोड भन्दा बढि इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ स्मार्टफोनहरु बिक्री गरिसकेको बताएको छ ।

उक्त कन्सेप्ट फोनमा राखिएको इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजीद्धारा एक टचमा नै प्रयोगकर्ताले आफ्नो स्मार्टफोन अनलक गर्न सक्नेछन । भीभो एपेक्समा फूलभ्यू डिस्प्लेको अनुभव प्रदान गर्नको लागि कम्पनीले बडी साउण्डकास्टिंग टेक्नोलोजीको प्रयोग गरेको छ । यसले गर्दा डिस्प्लेको भित्रबाट नै साउण्ड आउँछ र प्रयोगकर्ताहरुलाई भिडियो वा अडियो हेर्दा र सुन्दा उत्कृष्ट अनुभव हुन्छ ।

भीभो एपेक्सले चार्जिंग र डाटा ट्रान्सफरको क्षेत्रमा पनि आश्चार्यजनक परिवर्तन ल्याएको छ । कम्पनीले यसमा म्यागपोर्ट प्रविधि राखेको छ जसले गर्दा कनेक्टरलाई पोर्टको नजिक लग्दा आफैं जोडिने फीचर रहेको छ ।

डुप्लेक्स पिसीबी डिजाइन
शक्तिशाली फोनहरुमा पनि देखिने सिमित इन्टरनल स्पेसलाई एपेक्स २०१९ ले नयाँ समाधान दिएको छ । एपेक्स २०१९ मा सबै स्लटहरुलाई हटाउँदा यो ५जी प्रविधिको स्मार्टफोन बनेको छ । तर ५जी मोड्यूलको लागि निकै ठूलो स्पेस आवश्यकता पर्दछ । तर भीभो एपेक्स २०१९ ले यसलाई समाधान गरेर आन्तरिक स्पेसलाई खुला गर्दै यूनिबडी ५जी फोन बनेको छ ।

यो डुप्लेक्स पिसीबी डिजाइनले स्मार्टफोनको २० प्रतिशत स्पेसमा वृद्धि गर्दछ । यसका साथमा भीभोका इन्जिनियरहरुले अन्य जोखिमहरुलाई घटाउनुका साथै पावर र सिग्नललाई सुनिश्चितरुपमा एकिकृत गरेका छन् । यो डिजाइनले गर्दा समग्र मोड्यूलको मोटाईमा पनि ३० प्रतिशतले कमी ल्याउन सकिएको छ ।

लिक्विड कुलिंग टेक्नोलोजी
५जी फोनहरुले ४जी फोनहरुको तुलनामा २ देखि ४ गुणा अधिक पावर उपयोग गर्दछन्, जसले गर्दा फोन तात्ने समस्या देखापर्दछ । तर एपेक्स २०१९ ले यो चुनौतीलाई सहजै जवाफ दिएको छ र कम्पनीले लिक्विड कुलिंग टेक्नोलोजी ल्याएको छ ।

उच्च क्षमताको विकास गर्न फोनमा अल्मुनियम एलोए फ्रेम र मल्टि लेयर ग्राफिटे हिट रेडिएसन प्लेटको प्रयोग गरेको छ । एपेक्स २०१९ मा ठूलो साइजको भ्यापर चेम्बर प्लेट प्रयोग गरिएको छ । जतिबेला तापक्रम बढ्छ लिक्विडले हिटलाई समाहित गर्दछ, भने जतिबेला तापक्रम घट्द वाफ लिक्विडमा परिणत हुन्छ र हिटलाई छोड्छ । यो चक्र निरन्तर आफैं संचालन हुन्छ र फोनलाई तात्नबाट जोगाउँछ । एपेक्स २०१९ को भ्यापर चेम्बर यो उद्योगमध्येकै सबैभन्दा ठूलो हो । अन्य सामान्य हिट पाइपहरु भन्दा यसको हिट एरिया ४देखि ६ गुणा अधिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL