Logo

उतारचढाव हुँदै ओरोलो लाग्यो सेयर बजार, शिवम र नागरिक लगानीकोषमा झुम्मिए लगानीकर्ता

उतारचढाव हुँदै ओरोलो लाग्यो सेयर बजार, शिवम र नागरिक लगानीकोषमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सेयर बजारमा उचारचढाव सुरु भएको छ । केही समय लगातार उकालो लागेको सेयर बजार बुधबार उतारचढा हुँदै घट्न पुगेको छ ।

बजार खुलेको केही समय बढेर ओरालो लागकेको नेप्से परिसुचक पुनः बढ्दै घट्न पुगेको हो । अघिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र नेप्से परिसुचक ३ दशमलव ६८ अंकले ओरालो लाग्न पुगेको हो ।

बजारमा उत्पादनमुलक, अतिरिक्त र व्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल ३३, बैकिङ समुह ५ दशमलव ८३, विकास बैंक ७ दशमलव ४१ र निर्जीव १४ दशमलव ६५ अंकले घट्न पुगेका छन् ।

घट्दो बजारमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक ६९ दशमलव २२ अंकले बढ्दा अतिरिक्त ३ दशमलव ५८ र व्यापार २ दशमलव ७ अंकले उकालो लागेका छन् ।

घटदो बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर कुल ५० करोड ७९ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७५ कम्पनीको १९ लाख ७ हजार कित्ता सेयर कारोबार भएको छ ।

ओरालो लागेको बजारमा नागरिक लगानी कोष र शिवम् सिमेन्टमा लगानीकर्ता भुम्मिएका छन् । शिमम्को सेयर प्रतिकित्ता ११ रुपैयाँले बढेर ४ करोड रुपैयाँको सेयर खरिदबिक्री हुँदा नागरिक लगानी कोषको प्रतिकित्ता ७७ रुपैयाँले बढेर ३ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL