Logo

विद्युतिय सवारीसाधनलाई देशव्यापी बनाईने, सातै प्रदेशमा पर्याप्त चार्जिङ स्टेशन

विद्युतिय सवारीसाधनलाई देशव्यापी बनाईने, सातै प्रदेशमा पर्याप्त चार्जिङ स्टेशन



काठमाडौं । सरकारले आगामी बर्ष सातै प्रदेशमा विद्युतिय सार्वजनिक यातायात सुविधाको लागि पूर्वाधार तयार गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै विद्युतिय सार्वजनि यातायातलाई देशब्यापी बनाउन पर्याप्त चार्जिङ स्टेशन सहित पूर्वाधार निर्माण गर्ने जानकारी दिएकी हुन ।

उक्त नीतिमा सार्वजनिक यातायातका साधनहरूमा यात्रा कार्डको व्यवस्था गरिने तोकिएको समयमा यात्रा सुरु गरी तोकिएकै समयमा गन्तव्यमा पुग्ने सुनिश्चित गरिने लगायतका कार्यक्रम रहेका छन ।

वायुमण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने गरी सरकारले काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा आगामी आर्थिक वर्षदेखि विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

विद्युतीय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन पर्याप्त चार्जिङ्ग स्टेशनहरू स्थापना गर्ने सरकारको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL