Logo

सातामा ६० अंकले बढ्यो नेप्से परिसुचक, किन हुँदैन दैनिक उतारचढाव ?

सातामा ६० अंकले बढ्यो नेप्से परिसुचक, किन हुँदैन दैनिक उतारचढाव ?



काठमाडौं । यो साता लगानीकर्ताका लागि सुखद रहन पुग्यो । साताको पहिलो दिन उच्च अंकमा बढेको नेप्से परिसुचक अन्तिम दिन अर्थात बिहीबार पनि १२ दशमलव ३८ अंकले उकालो लागेको छ ।

समग्रमा यो साता नेप्से परिसुचक ६० अंकले बढेर १ हजार २ सय ९२ अंकमा पुगेर रोकिएको छ । साताभर नेप्सेमा ६० अंकभन्दा बढीको वृद्धि भएपनि त्यसमा सिमित लगानीकर्ताले मात्र राम्रो आम्दानी गर्न सफल भए ।

दैनिकजसो दोहोरो अंकको उतारचढाव हुँदा क्षणिक मुनाफा आर्जनका लागि केही सिमित लगानीकर्ताले राम्रो नाफा आर्जन गरे भने धेरैजसो लगानीकर्ता दोधारमा परेका छन् । बजारमा क्षणिक कारोवारका लागि छिरेका लगानीकर्ताले दैनिकजसो दोहोरो अंकको उतारचढाव हुनुका साथै कारोबार रकममा पनि वृद्धि भएको छ ।

साताभर दैनिक जसो १ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार भएको थियो । बिहीबार पनि बजार दोरोहो अंकले बढ्दै १ अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन लामो समयपछिको सबैभन्दा उच्च रकम हो ।

बिहीबार दोहोरो अंकले बढेको बजारमा सबै समुहका परिसुचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी जीनव बीमा समुह ९० अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक ७४ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व जमाएको बैंकिङ समुहको परिसुचकमा पनि १० अंकको वृद्धि भएको छ भने विकास बैंक समुह ४५ अंकले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL