Logo

टिकेन नेप्सेको वृद्धिदर, नाफा बुक गर्न खोज्दा ७ अंकले घट्यो बजार

टिकेन नेप्सेको वृद्धिदर, नाफा बुक गर्न खोज्दा ७ अंकले घट्यो बजार



काठमाडौं । विगत एक हप्तादेखि दोहोरो अंकले उकालो लागेको नेप्सेको वृद्धिदर एक हप्ता भन्दा बढि टिक्न सकेन । अघिल्लो हप्तादेखि दोहोरो अंकका साथ उकालो लागिरहेको नेप्से परिसुचक सोमबार एकाएक ७ दशमलव २६ अंकले घटेको हो ।

क्षणिक लगानीकर्ताहरुले आफ्नो नाफा बुक गर्न खोज्दा सोमबार नेप्से परिसुचक आरोलो लाग्दै १२ सय ५६ दशमलव ९४ विन्दुमा आएर अड्किएको छ ।

बजारमा केही क्षणिक लगानीकर्ताले आफ्नो नाफा बुक गर्न खोज्दा परिसुचक एकाएक ओराले लागेको एक लगानीकर्ताले बताए । ‘केही लगानीकर्ताहरु बजार बढाउन पुगेका थिए’ लगानीकर्ताले भने, ‘उनिहरुले सिमित समयमा क्षणिक नाफा बुक गर्न खोज्दा बजार पुन ओराले लागेको हो ।’

सोमबार बजारमा होटल, जलविद्युत, बैंकिङ क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सोमबार बैंकिङ क्षेत्रमा १३ दशमलव ८९ अंकले गिरावट आउँदा होटल क्षेत्र भने २४ दशमलव ९७ अंकले ओरालो लागेको छ । सोमबार कारोबार रकम भने एक अर्ब नाघेको छ । दिनभरी बजारमा १ सय ६८ कम्पनीका ३२ लाख २२ हजार कित्ता सेयर खरिद विक्री भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL