Logo

नेपाल अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९ आयोजना हुँदै, विभिन्न देशका ७० कम्पनी सहभागी

नेपाल अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९ आयोजना हुँदै, विभिन्न देशका ७० कम्पनी सहभागी



काठमाडौं । ‘नेपाल अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९’ आयोजना हुने भएको छ । नेपाल सरकार र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आयोजनामा आगामी जेठ ३ देखि ५ गतेसम्म लैनचौरमा उक्त एक्स्पो हुने भएको हो ।

स्वदेशी रत्न पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभुषणको निर्यात विस्तार एवं आयात प्रतिश्थापनमा टेवा पुर्याउने उद्देश्यले उक्त एक्स्पो आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

३ दिनसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न देशका सहभागीहरुलाई पनि आमन्त्रण गरिने आयोजकले बताएको छ । उक्त एक्स्पोमा खासगरी प्रविधि, मेशिनरी तथा यन्त्र आपुर्तीकर्ता, हिरा तथा गरगहना सम्बन्धी शिक्षा लगायत आकर्षण रहने छन ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी ७० ओटा कम्पनीहरुको सहभागीता रहेको छ । नेपालमा उपलब्ध रत्न तथा पत्थरहरुको जानकारीमुलक प्रस्तुती र प्रदर्शनी, रत्न, पत्थर तथा खनिज प्रशोधन, आभुषणको गणस्तर परीक्षण बारे कार्यशाला लगायतका आकर्षण रहने छन ।

यस्तै एक्स्पोमा व्यापारिक छलफल, बैठक, सेमिनार, परम्परागत तथा आधुनिक गरगहनाको प्रदर्शनी तथा अन्तरराष्ट्रिय गरगहनाको फेशन शो पनि आयोजना गरिनेछ आयोजकका अनुसार समापन समारोहमा ज्वेजरी फेशन शो पनि आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL