Logo

नयाँ बर्षको पहिलो दिन ५ अंकले बढ्यो नेप्से, कारोबार रकममा देखिएन सुधार

नयाँ बर्षको पहिलो दिन ५ अंकले बढ्यो नेप्से, कारोबार रकममा देखिएन सुधार



काठमाडौं । नयाँ बर्षको पहिलो दिन नेप्से परिसुचकमा सामान्य सुधार भएको छ । २०७६ सालपछिको पहिलो दिन सोमबार कारोबार हुँदा नेप्से परिसुचक ४ दशमलव ७० अंकले उकालो लागेको हो ।

बर्षको पहिलो दिन परिसुचक सामान्य बढेपनि कारोबार रकममा भने सुधार आउन सकेन । २०७५ सालको अन्तिम समयमा दैनिक ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा आज ३० करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

सोमबार बजारमा सबैभन्दा बढी माईक्रोफाइनान्स समुहको परिसुचक उकालो लागेको छ । सो समुहको परिसुचक ४२ अंकले बढ्दा होटल समुहको परिसुचकमा २२ अंकको वृद्धि भएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुच ५ दशमलव ८९ अंकले मात्र बढेको छ भने विकास बैंक ४ अंकले उकालो लागेको छ ।

सामान्य उकालो लागेको बजारमा जीवन बीमा, फाईनान्स र जलविद्युत समुहको परिसुचक भने घटेका छन् ।

बजारमा दिनभर १ सय ६५ कम्पनीको ९ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL