Logo

स्मार्टडोकोको नयाँ वर्ष अफर सार्वजनिक, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

स्मार्टडोकोको नयाँ वर्ष अफर सार्वजनिक, सामान खरिदमा ७० प्रतिशतसम्म छुट



काठमाडौं । अनलाईन सपिङ स्मार्टडोकोले ‘नयाँ बर्ष अफर’ सार्वजनिक गरेको छ ।

स्मार्टडोकोले सार्वजनिक गरेको उक्त अफर अन्तरगत इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण लगायतका सेवामा ७० प्रतिशत सम्म छुट पाउने भएको छ ।

अफर बैशाख २ गते देखि १० गते सम्म लागु गर्ने भएको छ्र । स्मार्टडोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निशुल्क डेलिभरी समेत गर्ने भएको छ ।

स्मार्टडोकोका अनुसार दिउसोको १ बजे भन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ । भुक्तानी गर्न भने नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट समेत गर्न सकिनेछ ।

स्मार्टडोकोले नयाँ वर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुल लगायतका ब्राण्डहरुमा विशेष छुट दिने भएको हो ।

स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उप उत्पादनहरुमा मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा लगायतका रहेका छन ।

स्मार्टडोकोले काठमाडौं, पोखरा, बिराटनगर, नारायणघाट, बिरगञ्ज, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL