Logo

सुजुकीको वागन आर नेपाली बजारमा, मूल्य २५ लाखदेखि २८ लाखसम्म

सुजुकीको वागन आर नेपाली बजारमा, मूल्य २५ लाखदेखि २८ लाखसम्म



काठमाडौं । सिजी मोटोकर्पले सुजुकीको नयाँ गाडी वागन आर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार काठमाडौंको धोबिघाटमा सुजुकीको नयाँ सोरुम सहित सुजुकीको वागन आर गाडी सार्वजनिक गरेको हो ।

आजै सार्वजनिक गरिएको उक्त गाडी आकर्षक डिजाईन तथा विभिन्न विलासितापुर्ण सुविधासहित रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार गाडीलाई सुरक्षासंवेदनशिलतालाई ध्यान दिएर डिजाईन गरिएको हो ।

उक्त गाडीमा एचभिएस, एबीएस, ईबीडी जस्ता फिचरहरु रहेको सिजी मोटोकर्पका निर्देशक करन चौधरीले जानकारी दिए । कम्पनीले उक्त गाडीको मूल्य भने २४ लाख ९९ हजार देखि २७ लाख ९९ हजार रुपैयाँसम्म तोकेको छ । सिजी मोटोकर्पले बिहीबार नै धोवीघाटमा मारुती सुजुकिको नयाँ शोरुम उद्घाटन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
MBL