Logo

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ विवादमा, नयाँ कार्यसमिति विरुद्ध पुनर्जागरण समिति गठन

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ विवादमा, नयाँ कार्यसमिति विरुद्ध पुनर्जागरण समिति गठन



काठमाडौं । नेपाल कपडा तथा सिलाई ब्यबसायी संघको कार्यसमितिबीच बिवाद बढेको छ ।
२०५५ सालदेखि सक्रिय रहेको उक्त संघका केहि सदस्यहरुले छुट्टै कार्यसमिति बनाई महासंघ दर्ता गरे पछि ब्यवसायीहरुबीच बिबाद भएको हो ।

नेपाल कपडा तथा सिलाई संघमै आवद्ध केहि सदस्यहरुले संघलाई धोका दिँदै संघको विधानविरुद्ध अर्काे महासंघ दर्ता गरे पछि संघले आपत्ती जनाएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले उक्त महासंघ २०५५ सालदेखि सक्रिय संघको अर्काे रुप नभएको बताएको हो ।

संघका संस्थापक अध्यक्ष सिद्धि बिर बज्रचार्यका अनुसार हालको विधानलाई संसोधन गरी नयाँ महासंघ खडा गरेको छ । तर उनिहरुले हामीले विगत देखी काम गर्दै आएको विल, हाम्रो लोगो समेत प्रयोग गरेको छ । उनले भने, ‘हामीलाई हाम्रो बच्चा फिर्ता गर्नु पर्यो होइन भने हामी कानुन अनुसार जाने छौं ।’

संघको चितवन भेलाले कानुनी प्रकृया पुर्याई महासंघ रुपान्तरण गर्नु पर्ने साधरणा सभाको निर्णय विपरित बिधान संसोधन समितिले राजीखुसी छुट्टै कानुनी अस्तित्व बोकेको नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरेको जानकारी दिए ।

नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ र नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ २०५५ छुटाछुट्टै कानुनि मान्यता बोकेको संस्था रहेको समेत अध्यक्ष बज्रचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।

उनले विज्ञप्ती जारी गर्दै नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ यथावत रहेको भन्दै जिल्ला संघहरुलाई समेत महासंघको पछि नलाग्न र जिल्ला संघ विघटन नगर्न समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL