Logo

आईपीओमा १० कित्ता मात्र आवेदन दिन पाईने, हट्यो ५० कित्ताको व्यवस्था

आईपीओमा १० कित्ता मात्र आवेदन दिन पाईने, हट्यो ५० कित्ताको व्यवस्था



काठमाडौं । सर्वसाधारणले प्राथमिक सेयर निष्काशन (आईपीओ)मा १० कित्ता मात्र आवेदन दिन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्काशनको मौजुदा व्यवस्थता परिवर्तन गर्दै १० कित्ता मात्र आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

सार्वजनिक निष्काशनमा हालको कम्तिमा ५० कित्ता आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरी अझ विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहँुच बढाउने र यसलाई समावेशी वनाई नयाँ व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ । ‘यो बर्षको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले बोर्डले सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको छ,’ उनले भने, ‘यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशन तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरिएको छ ।’

समावेशी व्यवस्थाले पूँजीबजारमा विद्यार्थीसहित स–साना पूँजी भएको वर्ग समेतको सहभागिता बढ्ने र यो बर्षको एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढी पूँजीबजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL