Logo

एक दिनमै नेप्सेमा कारोबार रकम ४४ प्रतिशतले खस्कियो, वर्चश्व जमाउँदै बैंकिङ समुह

एक दिनमै नेप्सेमा कारोबार रकम ४४ प्रतिशतले खस्कियो, वर्चश्व जमाउँदै बैंकिङ समुह



काठमाडौं । साताको दुई दिन उच्च रुपमा बढेको सेयर कारोबार पुन खस्किएको छ । सोमबार ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजार मंगलबार घटेर ७३ करोडमा झरेको थियो । तर, बुधबारसम्म आईपुग्दा उक्त कारोबार रकम घटेर ४१ करोडमा खुम्चिएको छ । जुन अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले कमि हो ।

laxmi

बजारमा कारोबार रकम घट्दा सबैभन्दा बढी कुमारी बैंकको ५ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यसैगरी एनआईसी एसिया बैंकको २ करोड ९० लाखको कारोबार हुँदा एनएमबी बैंकको २ करोड ५२ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । अन्य कम्पनीको भने १ करोड रुपैयाँभन्दा माथी जान सकेको छैन । तर, उच्च कारोबार हुने १० कम्पनीमा बैंकिङ समुहको वर्चश्व रहेको छ ।

बजारमा कारोबार रकममा उच्च गिरावट आउँदा परिसुचक भने सामान्य उकालो लागेको छ । कुल ३ दशमलव ५२ अंकले बढेको बजारमा निर्जीवन बीमा समुहको परिसुचक २४ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक १२ अंकले उकालो लागेको छ । तर, अन्य कुनै पनि समुहको परिसुचकले दोहोरो अंकको वृद्धि पच्छ्याउन सकेन । बजारमा जलविद्युत समुहको परिसुकमा भने गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL