Logo

दराजको ‘नव वर्ष धमाका क्याम्पेन’ सुरु, यसरी जित्नुहोस गिफ्ट

दराजको ‘नव वर्ष धमाका क्याम्पेन’ सुरु, यसरी जित्नुहोस गिफ्ट



काठमाडौं । नयाँ वर्ष २०७६ को अवसरमा दराजले दराज ‘नव बर्ष धमाका योजना’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन आजैदेखि बैशाख ४ गतेसम्मका लागि उक्त अभियान सार्वजनिक गरेको हो ।

नयाँ दराज एपबाट हुने उक्त ८ दिने सेल्स अभियान द्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६० प्रतिशत सम्मको छूट पाईनेछ । यस्तै कम्पनीले ५ हजार रुपैयाँको मेगा भाउचरहरु, ४ हजार सम्मको क्रेजी भाउचरहरु, क्रेजी फ्ल्यास सेल्स, मिस्ट्री बक्स् र अन्य उपहारहरु आफ्ना उपभोक्ताहरुलाई प्रदान गर्ने भएको छ ।

उपभोक्ताहरुले मिस्ट्री बक्स् खरीद गरी लक्की ड्रमा भाग लिन पाउनेछन जसमा एक भाग्यशाली उपभोक्ताले ३२ इन्चको नयाँ भिडियोकन एन्ड्रोइड स्मार्ट टीभी जीत्ने कम्पनीले जानकारी दिएको छ ।
साथै नयाँ वर्षमा घुम्न रुचाउनेहरुका लागि पनि दराजले बाली, पोखरा, चितवन जस्ता अन्य पर्यटकीय गन्तव्यहरुका लागि आकर्षक होलिडे प्याकेजेहरुको व्यवस्था गरेको छ । त्यती मात्र नभइ दराजले यस अभियान अन्तर्गत डी मार्ट का समानहरुमा १ हजार रुपैयाँ र माथीका अर्डर गर्दा निःशुल्क वितरणको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL