Logo

टिकेन नेप्सेको वृद्धि, परिसुचक र कारोबार दुबै ओरालो लागे

टिकेन नेप्सेको वृद्धि, परिसुचक र कारोबार दुबै ओरालो लागे



काठमाडौं । दुई दिनसम्म लगातार दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचक मंगलबार टिक्न सकेन । बजार खुलेको केही समय सामान्य बढेको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुगेको छ ।

मंगलबार १० दशमलव ५८ अंकले घटेको परिसुचकमा कारोबार रकममा पनि उच्च गिरावट आएको छ । सोमबार ९० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएकोमा मंलगलबार ७३ करोड रुपैयाँमा खुम्चिएको छ ।

दोहोरो अंकले घटेको बजारमा सबै समुहका परिसुचक उकालो लागेको छ । जसमा सबैभन्दा बढी बीमा समुहका परिसुचक ओरालो लागेका छन् । निर्जीवन बीमा समुहको परिसुचक ८६ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक ८३ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ९ दशमलव ३६ अंकले घटेको छ । उत्पादनमुलक समुहको परिसुचक ३६ अंकले घट्दा माईक्रोफाइनान्स समुहको परिसुचकमा १५ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL